• २०८३ असार १७
  • 2026 July 01, Wednesday

सामाजिक सञ्जाल बन्द गर्ने विषयमा निर्णय गर्न सञ्चार मन्त्रालयमा बैठक

काठमाडौं । विधिवत रुपमा दर्ता हुन नआएका सोसल मिडियालाई बन्द गर्नेगरि नेपाल सरकार अघि बढेको छ । अहिले सञ्चार मन्त्रालयले आज राति १२ बजेबाट सोसल मिडिया बन्द गर्नेगरि कठोर निर्णय लिन लागेको बताईन्छ ।

आज विहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल तथा अनलाईन प्लटेफर्महरु निष्क्रिय हुने दाबी गरेका छन् ।

उनले लेखेका थिए,‘केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।’

अहिले सञ्चार मन्त्रालयमा जारी उच्चस्तरीय बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव, मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु उपस्थित् छन् । सरकारले यसअघिदेखि नै विभिन्न कम्पनीलाई नेपाल सरकारको नियम, कानूनअनुसार दर्ता हुन ताकेता गरिरहेको छ ।