• २०८३ जेठ २५
  • 2026 June 08, Monday

कर्फ्यु आदेशपछि गृहमन्त्री र उच्च अधिकारीको आपतकालीन बैठक

  • २०८२ भदौ २३, सोमबार १३:४८

काठमाडौँ । जेन जेड पुस्ताले सुरु गरेको आन्दोलन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेश जारी भएपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू आकस्मिक छलफलमा जुटेका छन् । गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका अधिकारीहरू आन्दोलनको अवस्था र सम्भावित सुरक्षा व्यवस्थाबारे छलफलमा संलग्न रहेको स्रोतले जनाएको छ ।

यसैबीच मन्त्रालयका सूचना अधिकारी तथा सहायक प्रवक्ता, उपसचिव रविन्द्र आचार्यले मन्त्रालयमा आन्दोलनसम्बन्धी सूचनाहरू संकलन र विश्लेषण गर्ने काम भइरहेको जानकारी दिए।

  • २०८२ भदौ २३, सोमबार १३:४८