• २०८३ असार २६
  • 2026 July 10, Friday

प्रदेशसभा भवन घेराउ, प्रवेश गर्न खोज्दा झडप

  • २०८२ भदौ २४, मङ्गलबार १२:५९

विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।

कफ्र्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् ।
निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।

विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ ।

  • २०८२ भदौ २४, मङ्गलबार १२:५९