• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

घाइते जेन–जी प्रदर्शनकारीको केएमसीमा निःशुल्क उपचार, डा. शर्माले बुकीफूल दिएर मनोबल बढाए

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका युवाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारको व्यवस्था गरी उनीहरूलाई बुकी फूल दिँदै मनोबल बढाएका छन् ।

आइतबार केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहाल नेतृत्वको टोलीलाई निर्देशन दिँदै डा. शर्माले उक्त कार्य गरेका हुन् । केएमसीमा जम्मा ८१ जना घाइते आएकामध्ये २ जनाको मृत्यु भएको छ भने २२ जनाको उपचार हाल पनि भइरहेको छ । बाँकी घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

डा. शर्मा तत्कालीन प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन् । डा. शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।

जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने व्यवस्थासमेत डा. शर्माकै पहलमा भएको हो। राजनीतिक र सामाजिक अस्थिरताको अवस्थामा पनि डा. शर्माको यो कदमले घाइते परिवारलाई राहत र आशा दिएको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। उनले पार्टी वा पहिचानका आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म डा. शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर चलिरहेको छ।

हालै मोरङको बेलबारीमा उनले एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी पहलमा देशका सात विभिन्न स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।

उनका यस्ता मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई थप बलियो बनाइदिएको छ।