• २०८३ जेठ २२
  • 2026 June 05, Friday

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो ।

आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता शेयर किनबेच भएर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा बढेको हो ।

यसदिन सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स र सिवम् सिमेन्ट लगायतका अधिकांश कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तीम कारोबार भएको छ ।

भुगोल इनर्जीको शेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पीको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी हिमालयन एभ्रेष्ट बैंकको शेयर मूल्य ५.६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।