अब एटिएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै यो व्यवस्था गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
यसअघि एटिएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न मिल्ने गर्थ्यो । तर नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले एटिएम कारोबार सीमा घटाइएको राष्ट्र बैङ्कले जनाएको छ ।
नयाँ व्यवस्थाले प्रतिदिन र मासिक एटिएम कारोबारको सीमा समेत घटाइएको छ । नयाँ व्यवस्था अनुसार अब एटिएमबाट पैसा झिक्दा प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख रुपैयाँ मात्र निकाल्न मिल्छ । यसअघि यस्तो सीमा प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँ थियो ।