• २०८३ असार २५
  • 2026 July 09, Thursday

पूर्व एआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयद्वारा साइबर ब्युरोमा उजुरी

पूर्व एआइजी देवेन्द्रराज सुवेदीविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

प्रचण्डका प्रेस संयोजक गोविन्द्र आचार्यका अनुसार आइतबार साइबर ब्युरोमा उक्त उजुरी दर्ता गरिएको हो। सुवेदीले भदौ २३ गतेको आन्दोलन हुनुअघि नै प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ बाहिर लगिएको दाबी गरेका थिए।

यो दाबीबारे पुष्टि गर्न चुनौती दिंदै प्रचण्ड सचिवालयले केही दिनअघि विज्ञप्ति जारी गरेको थियो। तर त्यसपछि पनि सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेकाले कानुनी कारबाहीका लागि उजुरी दर्ता गरिएको आचार्यले बताएका छन्।