काठमाडौं । नव धवलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले आ.वः २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विगत वर्षमा संस्थाले गरेका गतिविधिहरू, उपलब्धिहरू, तथा आर्थिक विवरण प्रस्तुत गरेको छ।

संस्थाले स्थानीयस्तरमा आर्थिक सशक्तिकरण र सहकारी अभियानलाई मजबुत पार्न योगदान पुर्याइरहेको छ। संस्थाले आगामी वर्षको रणनीति तय गर्नुका साथै सदस्यहरूको सहभागिता र सुझावको आधारमा योजनाहरू अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।