प्रतिनिधि सभा विघटनविरुद्धका ९ वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।
सर्वोच्चले मंगलबारबाट खुलेको रिट निवेदनमा पहिलो दिनै प्रतिनिधि सभा विघटन र सुशिला कार्की नेतृत्वको सरकारविरुद्धमा १० वटा रिट परेका थिए, जसमध्ये सर्वोच्च प्रशासनले ९ वटा रिट दर्ता गरेको हो ।
दर्ता भएका यी रिट निवेदनमाथि सर्वोच्चले कात्तिक १२ गतेलाई पेसी तोेकेको छ ।
यी सबै रिटहरू संवैधानिक इजलासका लागि तोकिएको छ।