• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

२ लाख ५३ हजार ५०० पुग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।