काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले शेयरधनीका ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसैगरी, आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतबाट पारित गरेको छ।