• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आंशिक चल्न थाल्यो यातायात व्यवस्था विभागको सर्भर, लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा चल्न थालेको छ ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा पनि आंशिक सुचारु भएको छ ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।