• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेन शाहविरुद्ध राष्ट्रिय युवा संघ नेपालले दिएको उजुरीमा के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध राष्ट्रिय युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ ।

संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार शाहविरुद्ध उजुरी दिएका हुन् ।

१६ कात्तिकमा नेकपा एमालेलगायतका दलहरूलाई गाली गरी सामाजिक सद्भावमा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ ।

शाहले फेसबुक एकान्ट र पेजबाट जारी गरेको सन्देशमा विदेश मित्रराष्ट्रहरूलाई पनि गाली गरेको हुँदा वैदेशिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

यसका साथै, शाहलाई तत्काल पक्राउ गर्न र राहदानी रोक्का राख्नसमेत माग गरिएको छ ।