• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मंसिरमा वाणिज्य बैङ्कको ब्याजदर: १० वटाको घट्दा १० वटाको स्थिर

काठमाडौँ । मंसिरका आधा वाणिज्य बैङ्कहरूको ब्याजदर घटेको छ । आइतबार प्रकाशित सूचना अनुसार  कुल २० वटा वाणिज्य बैङ्कहरूमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१६ प्रतिशत विन्दुले घटेको छ । कात्तिकमा औसत ब्याजदर ५ दशमलव२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औसत ब्याजदर ५.०४ प्रतिशत छ।

मंसिरमा प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैङ्कको ब्याजदर घटेको छ ।

मंसिरका लागि १० वटा बैङ्कको ब्याजदर घट्दा १० वटाले भने यथावत् राखेका छन्  । मंसिरका लागि ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र एनएमबी बैङ्कको ब्याजदर स्थिर छ।

बैंकको नाम  कात्तिकको ब्याजदर    मंसिरको ब्याजदर
प्राइम कमर्सियल ५ प्रतिशत ४.७५ प्रतिशत
माछापुच्छ्रे ५ प्रतिशत ५ प्रतिशत
नबिल ४.९५ प्रतिशत ४.७५ प्रतिशत
सानिमा ५.१५ प्रतिशत ५ प्रतिशत
राष्ट्रिय वाणिज्य ५.५ प्रतिशत ५.५ प्रतिशत
हिमालयन ६ प्रतिशत ५.५ प्रतिशत
एनएमबी ५ प्रतिशत ५ प्रतिशत
लक्ष्मी सनराइज ५ प्रतिशत ५ प्रतिशत
एनआईसी एसिया ५.७५ प्रतिशत ५ प्रतिशत
एभरेस्ट  ५ प्रतिशत ५ प्रतिशत
स्ट्यान्डर्ड चार्टर्ड ५ प्रतिशत ४.७ प्रतिशत
नेपाल ५.२५ प्रतिशत ५.२५ प्रतिशत
सिद्धार्थ ५.५ प्रतिशत ५ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट मेगा ५ प्रतिशत ५ प्रतिशत
कृषि विकास ४.९५ प्रतिशत ४.७ प्रतिशत
प्रभु ४.९५ प्रतिशत ४.९५ प्रतिशत
कुमारी ५.०१ प्रतिशत ४.९१ प्रतिशत
नेपाल एसबीआई ५ प्रतिशत  ४.८ प्रतिशत
सिटिजन्स ५ प्रतिशत ४.७५ प्रतिशत
ग्लोबल आईएमई ६ प्रतिशत ६ प्रतिशत