• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

रौतहट । रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल, नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए ।

उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन, बाल राउण्ड १३ गोटा, खुकुरी एक थान, मोवाईल एक थान, बैंकको एटिम एक थान, लाईसेन्स रसिद एकथान र झोला एक थान बरामद गरिएको छ ।

यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।