• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपीएलमा सट्टेबाजी गराएको अरोपमा ८ भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बल्खु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकहरूमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी, र सेख चन्द बसल रहेका छन् । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हार जीतमा सट्टेबाजी गर्दै रकम लगानी गरेका थिए ।

प्रहरीको अनुसार उनीहरूको साथबाट १५ थान मोबाइल फोन समेत बरामद भएको छ । यसअघि पनि एनपीएलमै म्याच फिक्सिङमा संलग्न गराउन उक्साएको आरोपमा २ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।