• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

सिद्धार्थ बैंकले पायो तीन उत्कृष्ट अवार्ड

काठमाडौं । सिद्धार्थ बैंकले तीन उत्कृष्टता अवार्ड पाएको छ । भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको एसोसिएसन क्लाइन्टका रूपमा रहेको साझेदारी अन्तर्गत आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको हो ।

यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवम् व्यावसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा अवार्ड दिइएको जनाइएको छ ।

बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड’, ‘एक्सिलेन्स इन प्रिपेड कार्ड’ र ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ’ अवार्ड पाएको हो । ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रूपमा बजार बिस्तार गर्दै आएको छ ।