• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो ।

बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भइरहेको छ ।