काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको क्षतिका कारण परेको बीमा दाबी मध्ये ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले जनाए अनुसार आन्दोलनका क्रममा भएको क्षतिका कारण परेको २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबीमध्ये बीमा कम्पनीहरुले हालसम्म ४ अर्ब बढीको भुक्तानी दिएका हुन् । बीमा कम्पनीहरुमा कुल ३ हजार २५५ वटा बीमा दाबी परेका छन् ।
प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा धेरै सम्पत्ती बीमाको भुक्तानी दिइएको छ । सम्पत्ती बीमातर्फ मात्रै ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ निकाशा गरिएको छ । यस अन्तर्गत १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ बीमा दाबी परेको छ ।
यस्तै, मोटर बीमातर्फ परेको ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ दाबीमध्ये ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भइसुकेको छ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ परेको ५५ करोड ४ लाख रुपैयाँ बराबरको दाबीमध्ये हालसम्म ६ करोड ६९ लाख रुपैयाँ भुक्तान भएको छ ।
यस्तै, परिवहन बीमातर्फको १ करोड ६९ लाख रुपैयाँ दाबीमध्ये ४८ लाख रुपैयाँ र अन्य बीमातर्फ प्राप्च ३९ करोड १८ रुपैयाँ लाख दाबीमध्ये ३९ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।