काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ३४ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।