• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इलामबाट एमाले महाधिवेशनका लागि सुहाङ र निरोजसहित २० जना प्रतिनिधि चयन

इलामबाट नेकपा एमाले महाधिवेशन युवा नेता प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवा तर्फ राष्ट्रिय युवा संघ, नेपालका प्रवक्ता निरोज पौडेल चयन भएका छन् ।

महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् ।

इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् ।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङ सहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।