काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
उच्च अदालत पाटनले सोमबार उनीहरुलाई ५ दिन हिरासतमा राख्ने गरी म्याद दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको थियो ।
उनीहरुमाथि बैंकलाई हानि नोक्सानी पुर्याउने गरी कर्जा दुरुपयोग तथा बैंकिङ कसुर गरेको आरोपमा लगाइएको छ ।