काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा तय भएको प्रतिनिधि सभा चुनावको तयारी र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे सुरक्षा निकाय र दलहरूलाई सँगै राखेर छलफल गर्ने उद्देश्यले शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएकी हुन् ।
बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू, सुरक्षा निकायका प्रमुखहरू र सरकारका प्रतिनिधिहरूलाई डाकिएको छ । बैठकको मुख्य उद्देश्य निर्वाचन तयारीका विभिन्न पक्षमा छलफल गर्नु र आगामी निर्वाचनको सुरक्षाको वातावरण सुनिश्चित गर्नु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि पनि प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग छुट्टै छलफल गरिसकेको र अहिले सर्वपक्षीय बैठकमा सबैलाई एकत्रित गरेर समग्र तयारीको अवस्थाबारे छलफल गर्न लागिएको हो ।
,