• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपीएलः काठमाण्डुसँग पोखरा पराजित, आलमले लिए ६ विकेट

  • २०८२ मङ्सिर १८, बिहीबार १५:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डुले पोखरामाथि १३ रनको जित निकालेको हो ।

काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १५२ रनमा अलआउट हुन पुग्यो। यस खेलमा काठमाण्डुका लागि साहब आलम एक्लैले ६ विकेट लिए । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रन बनाए ।

पोखराको ब्याटिङ सुखद हुन सकेन् । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन र धनन्जय लक्षनले ३० रन जोडे पनि जितका लागि पर्याप्त हुन् सकेन् । बलिङतर्फ पोखराका धनन्जय लक्षनले ४, कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

आजको जितसँगै काठमाण्डूको १० अंक भएको छ र प्लेअफमा पुगेको छ ।

  • २०८२ मङ्सिर १८, बिहीबार १५:५०