• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो । आजको पिच ब्याटिङका लागि सहज देखिएको छ ।

विराटनगरले नेटरनरेट बढाएर काठमाडौं भन्दा अगाडि पुग्न करिब १४ ओभरमै लक्ष्य पूरा गर्नुपर्ने दवाब छ ।

यदि विराटनगरले सामान्य जित मात्रै निकाल्न सकेमा तेस्रो स्थानमा नै यथावत भएमा इलिमिनेटर खेल्ने छ ।

सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ ।