• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नवीन राजनीतिक समझदारीको मागसहित राप्रपाको विरोध आज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज नवीन राजनीतिक समझदारीको मागसहित विरोध कार्यक्रम आयोजना गर्दै छ।

काठमाडौँको शान्तिबाटिकामा हुने यस कार्यक्रममार्फत पार्टीले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र घोषणाको माग अघि सार्दै जनदबाब सिर्जना गर्ने तयारी गरेको छ।

जनप्रदर्शन तथा वृहत् सभाको रूपमा हुने यो कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा सुरु हुनेछ। राजनीतिक दल–जेनजीबीच नयाँ सहमतिको आवश्यकता औंल्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको राप्रपाले जनाएको छ।