• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ गइरहेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

उनका अनुसार मृतक तीनै जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।