• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

केएमसीमा कुन उपकरणबाट के हुन्छ उपचार ?

हेयर रिडक्सन लेजर मेसिन

यो मेसिनबाट भविष्यको कपाल वृद्धिलाई रोक्न, कपाल नष्ट गर्न प्रयोग गरिन्छ । जसलाई रौं मन पर्दैन उसको रौं यो मेसिनबाट स्थानीय रूपमा हटाउन सकिने केएमसीले बताएको छ । केएमसीमा यो मेसिन भएकाले अनुहार, छाती, काखी, यौन, खुट्टा वा कुनै पनि ठाउँमा आएको रौं यसबाट हटाउन सकिने छ ।

केएमसीका अनुसार रौं हटाउँदा निश्चित समय भने उपचारलाई निरन्तरता दिनु पर्ने हुन्छ । लेजरले कपालमा रहेको पिग्मेन्टलाई मात्र लक्षित गर्छ । त्यसैले यसले वरपरको छालालाई हानि नगर्ने केएमसीले बताएको छ ।

पिकोसेकेन्ड लेजर सिस्टम

पिकोसेकेन्ड लेजर सिस्टम एक प्रकारको उन्नत लेजर टेक्नोलोजी हो । यसबाट छाला सम्बन्धित थुप्रै समस्या समाधान गर्ने विकल्प दिइएको हुन्छ । उमेर अनुसारको दाग, घामको दाग, मेलास्मा र फ्रिकल्स जस्ता अनावश्यक छालाको पिग्मेन्टेसन कम गर्न यो मेसिनबाट गर्न सकिन्छ । केएमसीका अनुसार यसबाट कोलाजेन उत्पादनलाई उत्तेजित गर्न, छालाको बनावट सुधार गर्न, फाइन लाइनहरू साथै चाउरी पन कम गर्न र समग्र छाला कायाकल्पलाई बढावा दिन्छ ।

पिकोसेकेन्ड लेजरहरूले छाला निको पार्ने र कोलाजेन रिमोडेलिंगलाई बढावा दिएर, दाग भएको छालाको बनावट र टोन सुधार गरेर एक्ने दागको उपस्थिति कम गर्न मद्दत गर्छ । यो मेसिनको अनुहारको उपचार भइसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिलाई योङ फेसको लुक्स दिने केएमसीले बताएको छ ।

माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस

यो एक कस्मेटिक उपचार उपकरण हो । यो यन्त्र सामान्यतया छाला कडा बनाउन र छालाको बनावट सुधार गर्न प्रयोग गरिन्छ । यो प्रक्रियाले दाग कम गर्नुका साथै छालाको टोनलाई पनि कम गर्न मद्दत गर्दछ । न्यूनतम डाउनटाइमको साथ छालाका चिन्ताहरूलाई नयाँ विकल्प प्रदान गर्ने केएमसीले बताएको छ । यसको साहयताबाट चायापोतोको उपचार गराउन सकिने केएमसीले बताएको छ ।

सिओ २ लेजर स्मोक इभ्याकुएटर

केएमसीका अनुसार यस मेसिनको साहायताबाट मुसा तथा कोठी लाई हटाइन्छ । कुनै पनि किसिमका एन्टिबायोटिक सेवन नगरिकन यसका उपचार गर्न सकिने बताइएको छ । छालामा आएका मासुका डल्लाहरू यस मेसिनको सहायताबाट निकाल्न सकिन्छ ।

स्किन एनालाइजर बिट्मोजी

स्किन एनालाइजरले छालाको स्वास्थ्य र अवस्थाको मूल्याङ्कन गर्न डिजाइन गरिएको हो । हाइड्रेसन, बनावट, छिद्रा, चाउरी जस्ता कारकहरू विश्लेषण गर्ने यो यन्त्रको प्रयोग गरी उपचार गरिने केएमसीले बताएको छ ।

छाला हेरचाहको लागि व्यक्तिगत सिफारिसहरू प्रदान गर्न क्यामेरा वा सेन्सर सहयताले यस उपकरणबाट अनुहारको अवस्था हेरि आवश्यक उपचारको सुझाव दिइन्छ । यो एआईमा आधारित प्रविधि भएकाले यसले छिटो छरितो तरिकाले उपचार गर्न सकिने केएमसीको भनाइ छ ।