• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

३.० डिग्रीमा झर्‍यो काठमाडौं उपत्यकाको तापक्रम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ ।

लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको छ ।