काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पदबाट राजीनामा दिएका छन् । मेयर शाहले आइतबार दिउँसो उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन मेयर पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा शाहले संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार मिति २०८२ माघ ४ गतेदेखि लागू हुने गरी नगर प्रमुख पद त्याग गरेको उल्लेख गरेका छन् ।
शाहको राजीनामासँगै उपमेयर डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी छिन् ।
राजीनामा दिए लगत्तै शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपाले शाहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।