• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराएका छन् ।

मंगलबार विहान निर्वाचन कार्यालय पुगेका बालेनले मनोनयन दर्ता गराएका हुन् । उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।

बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली ०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् ।