• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली ०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् ।