• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए ।

उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेको समयमा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको स्मरण गराउँदै, मन्त्री पदबाट हटेपछि उक्त बजेट अन्यत्र रकमान्तर गरिँदा विमानस्थलको काम अघि बढ्न नसकेको बताए ।