• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महावीर पुनले मागे चुनाव खर्च

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्व शिक्षामन्त्री महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक सहयोग मागेका छन् । सामाजिक सञ्जालमा बैंक खाता विवरण र क्यूआर कोद सार्बजनिक गर्दै पुनले सहयोग मागेका हुन् ।

उनले बनेका छन्, ‘धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो । धेरै समर्थकको अनुरोध आएकाले चुनावका लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु । यो खाताको हिसाबकिताब पूर्ण पारदर्शी बनाउनेछु ।’

पुनले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा खोलेको खाता र क्यूआर शेयर गरेका हुन् ।उम्मेदवार बनेपछि पुनले गर्ने प्रचार शैली र उठाएका विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।