• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रदीप यादवसहित ८ नेतालाई जसपा नेपालले पार्टीबाट निकाल्यो

 

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेतालाई कारबाही गरेको छ। पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेपछि यादवलाई जसपाले कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा यादवसहित चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा.शिवजी यादव रहेका छन्।

प्रतिनिधि सभा निर्वाचन निर्वाचनमा नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकाले पार्टीबाट निष्कासन गरेको जनाइएको छ।