• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवीन्द्रलाई अर्को झट्का, विश्वासिला सारथिले छोडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका सारथिले एकपछि अर्को गरी पार्टी परित्याग गरिरहेका छन् ।

रवीन्द्रसँगै विवेकशील साझाबाट राप्रपामा आएका केन्द्रीय सदस्य चोकराज घिमिरेले राजीनामा दिएको हप्ता दिन नबित्दै अर्का नेता सुरेन्द्रबहादुर शाहले पनि पार्टी परित्याग गरेका छन् ।

सामाजिक सञ्जालबाट आफ्नो राजीनामाबारे जानकारी गराउँदै उनले राप्रपाको सबै पद/सदस्यताबाट आफू अलग भएको घोषणा गरेका छन् । उनले गएको साढे तीन बर्ष सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

राप्रपामा देशभरी हजारौं इमान्दार नेता तथा कार्यकर्ता रहेको जनाउँदै उनले नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेको अनुभूति भएको उल्लेख गरेका छन् । आफ्ना लागि सबै भन्दामाथि देश र जनता रहेको बताउँदै उनले राष्ट्रको अगाडि राजनीतिक दल गौण रहेको प्रष्ट पारेका छन् ।

राप्रपामा मिश्रको उम्मेदवारीलाई लिएर विवाद चर्किएको छ ।