काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ ।
आयोगले सरोकारवाला सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् ।
निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ ।






