• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धनगढीमा बालेनको सम्बोधन– नेपाली माल भएको, चाल नभाको पर्‍यौँ

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो बनाउने बताएका छन् ।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देश बनाउने पार्टी रास्वपामा मात्रै भएको बताए ।

उनले भने, ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? स्वीजरल्याण्डको पराकाष्ठा रामारोसन यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? नेपाली माल भएको, चाल नभाको पर्‍यौँ । भएको चिज देखाउनै सकेका छैनौँ ।’

सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा जोडिएपछि काठमाडौंसँग सुदूरपश्चिम जोडिने बताए । उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको भन्दै पार्टीका नेता र उम्मेदवारलाई दिन आग्रह गरे ।

‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।

‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।