• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चुनावी प्रतिज्ञापत्रमा यस्तो छ कांग्रेसको १० भिजन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ।

प्रतिज्ञापत्रमा भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।’