• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दोलखाको मालुमा मतपत्र लुट्नेमाथि मुद्धा चलाइने, मतदाता फर्किए

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान शुरु हुन सकेको छैन ।

स्थानीय प्रशासनका अनुसार मतदान सुरु गर्ने तयारी भइरहेका बेला मतपत्र नै लुटिएपछि तानवग्रस्त अवस्था बनेको थियो । तनावका क्रममा एक राउण्ड हवाई फायर भएपछि मतदाता फर्किएका थिए ।

प्रशासनले मतपत्र लुट्नेहरुको पहिचान गरेको र मुद्दा चलाउने तयारी गरिएको बताएको छ । प्रशासनले ५५ मतपत्र लुटिएकोमा ४४ वटा भेटिएको बताएको छ ।

यसैबीच, मतदानका लागि माइकिङ गरेर मतदातालाई बोलाइए पनि मतदाता उपस्थित नभएपछि निर्वाचन अन्योलमा रहेको छ ।