• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं-१ मा रास्वपाकी रन्जुको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्शना न्यौपानेले सुरुवाती अग्रता लिएकी छन् ।

प्राप्त विवरण अनुसार रन्जु दर्शनाले १,३२७ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले पछ्याइरहेका छन् । थापाले १,०८९ मत प्राप्त गरेका छन् । रन्जु र प्रबलबीच हालसम्म २३८ मतको अन्तर देखिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्र तेस्रो स्थानमा छन् । मिश्रले ६४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार मोहन राज रेग्मी भने निकै पछि देखिएका छन् । उनले हालसम्म २१० मत मात्र प्राप्त गरेका छन् ।