• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

एभर्टनमाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा भिक्टरग्योकेरेज र म्याक्स डोवम्यानले एक-एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको ३१ खेलमा ७० अंक भएको छ । लिगमा एक खेल कम खेलेको म्यानचेस्टर सिटी भन्दा आर्सनल ९ अंकले अगाडी भएको छ ।

त्यसैगरी, एभर्टनको ३० खेलमा ४३ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।