• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डिपी अर्याललाई सभामुखको उमेद्दवार बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको अर्यालको नाम बैठकले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

अर्याल काठमाडौँ क्षेत्र नम्बर ९ बाट सांसद निर्वाचित भएका हुन् ।

सभामुखको निर्वाचन आगामी चैत २२ गते हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको बहुमत भएकाले अर्याल नै सभामुख बन्ने देखन्छ ।