• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत  अध्यक्ष हर्क साम्पाङ राईले पार्टीको तर्फबाट उपसभामुखमा महिला उम्मेदवार खडा गर्न लागिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।