• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महान्यायाधिवक्ता कँडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार नै महान्यायाधिवक्ता नियुक्त भएका कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कँडेललाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’ मा विद्यावारिधि गरेका छन् ।