• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रामजी र गौरी बने बालेन सरकारमा मन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।

त्यस्तै, सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ ।

रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् ।

दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।