• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।