• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ ।

आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ।

भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङको सो घर भत्काउने भएपछि सामान निकाल्न प्रहरीहरूले सहयोग गरिरहेका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर डोजरले घर भत्काउन समेत शुरु गरेको छ ।