• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

काभ्रे । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भइ रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।

प्रहरीले खोलाको बहाव सामान्य भइ सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा सडक सुचारु गरिने बताएको छ ।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन पनि आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

रोशी खालामा बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ । खोलामा सामान्य बाढी आउने बित्तिकै बारम्बार सडक बन्द हुने गरेको छ ।