काठमाडौँ । अटोमोबाइल व्यवसायी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवबिच अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल भएको छ । नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसहितको प्रतिनिधि मण्डलले मन्त्री यादवलाई भेटेर अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने व्यवस्थाको स्वागत गरेको हो ।
अध्यक्ष उप्रेतीले यस व्यवस्थाले उत्पादन र आयात व्यवसायलाई थप व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउने र सरकारले प्राप्त गर्ने राजस्वमा समेत बृद्धि हुने धारणा राखे । उनले यसले आधिकारिक रुपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी र व्यवसायीहरुलाई समेत प्रोत्साहित गर्ने भएकोले सरकारको यस दिर्घकालिन नीतिसँग नाडा पनि सहकार्य गरी अघि बढ्न चाहेको बताए ।
यसबाहेक, उप्रेतीले अहिले सिकेडी मोडेलमा थुप्रै चारपाँगे्र तथा दुईपाँगे्र सवारी साधनहरुका साथै टायर, लुव्रिकेण्ट्स्र व्याट्रीहरु पनि नेपालमै उत्पादन भईरहेको जानकारी गराए ।
छलफलमा मन्त्री यादवले नाडासँगको सहकार्यमा समस्याहरु समाधान गरेर अघि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
